खेलकुद

बोल्टले ‘सिग्नेचर पोज’लाई ट्रेडमार्कको रुपमा दर्ता गराउने

इकागज |
भदौ ७, २०७९ मंगलबार १५:२४ बजे

काठमाडौँ- जमैकन धावक उसेन बोल्टले विजय उत्सवको रुपमा देखाउने गरेका हाउभाउ अर्थात ‘सिग्नेचर पोज’ लाई लोगोको रुपमा ट्रेडमार्क दर्ता गराउने प्रकृया थालेका छन् ।

सन्न्यास घोषणा गरिसकेका छोटो दूरीका विश्व कीर्तिमानी बोल्टले अमेरिकामा गत हप्ता लोगोको ट्रेडमार्क दर्ताका लागि आवेदन दिएका बीबीसीले जनाएको छ ।


बोल्टले अगस्ट १७ मा ट्रेडमार्क दर्ताका लागि आवेदन दिएको युएस प्याटेन्ट एन्ड ट्रेडमार्क अफिसले जनाएको छ । बोल्टले उक्त ट्रेडमार्क लुगा, गहना, जुत्ता तथा रेस्टुरेन्ट र स्पोर्टस बारमा प्रयोग गर्नेछन् ।

अझै पनि १०० मिटर तथा २०० मिटर दौड अन्तर्गत विश्वकै सबै भन्दा छिटो दौडने धावकको कीर्तिमान बोल्टको नाममा रहेको छ । जीतपछि उनले देखाउने हाउभाउका लागि बोल्ट चर्चित छन् । बोल्टले ओलम्पिकमा ८ वटा स्वर्ण जितेका छन् ।


Author

थप समाचार
x