बास्केटबललाई लिनिङको साथ
काठमाडौँ- खेलकुद पोशाक कम्पनी लिनिङले राष्ट्रिय बास्केटबल टोलीलाई प्रायोजन गर्नका लागि मंगलबार सम्झौता गरेको छ ।
राजधानीमा मंगलबार भएको एक कार्यक्रममा खेल पोशाक र सामग्रीको अन्तर्राष्ट्रिय ब्राण्ड लिनिङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा.लि. (सिटिएल) र नेपाल बास्केटबलबीच मंगलबार सम्झौता भएको हो ।
सिटिएलका अध्यक्ष राजन महर्जन र संघका अध्यक्ष भीम गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाली बास्केटबलको कुनै टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिता जनाउँदा महिला र पुरुष दुवै तर्फका सिनियर र जुनियर खेलाडीले लिनिङको पोशाक प्रयोग गर्नुपर्नेछ । नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले पहिलो पटक अधिकारिक जर्सी लगाएर खेल्न पाउँदा खुसी लागेको बताए ।
सम्झौता अहिले एक वर्षका लागि रहने र आउने वर्षहरूमा पनि यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको सिटिएलका अध्यक्ष महर्जनले बताए । लिनिङले प्रायोजन बापत उपलब्ध गराउने सामग्री बाहेक संघ वा खेलाडीले लिनिङका खेल पोशाक र सामग्री खरिद गर्दा ३० प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ । संघका अध्यक्ष गुरुङले बास्केटबल टोलीलाई सहयोग गरेकोमा लिनिङलाई धन्यवाद दिए ।
यस्तै सम्झौतामा लिनिङले प्रचार प्रसारका लागि बास्केटबलका खेलाडी प्रयोग गर्न सक्ने र संघले लिनिङको प्रचारमा सहयोग गर्नुपर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया