खेलकुद

नेपाल र केन्या भिड्दै

इकागज |
भदौ ९, २०७९ बिहीबार ९:० बजे

फाइल तस्बिर

काठमाडौं - पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार)  घरेलु टोलीसँग पहिलो टी-२० अन्तराष्ट्रियमा खेल खेल्दै छ । 

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा मुख्य खेलाडी गुमाउने छ  । भिषा समयमै नआउदा सोमपाल कामी, आदील अन्सारीलगायत खेलाडी बुधबार मात्रै त्यसतर्फ प्रस्थान गरेका थिए  । केही खेलाडी भने बिहीबार बिहान मात्रै त्यसतर्फ पुग्नेछन् ।


मनोज प्रभाकरको प्रशिक्षणमा नेपाल सुखद सुरुआत गर्न चाहन्छ । उनले सबै खेल जित्न खेल्ने बताएका छन् । कप्तान सन्दीपले समेत सबै खेल जित्न खेल्ने बताएका छन । 

दोस्रो टी-२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ । यसपछी नेपालले एकदिवसीय खेल खेल्नेछ । 

यस्तो छ हेड टु हेड: 
नेपाल र केन्याबिछ पहिलो पटक टी -२० अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । आईसीसी टी-२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच दुई पटक भेट भएको छ   ।
सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । यस्तै, सन्  २०१४ मा यूएईमा नै भएको खेलमा केन्याविरुद्ध नेपालले ६ विकेटको जित निकालेको थियो । 


Author

थप समाचार
x