खेलकुद

दोस्रो टी-ट्वान्टीमा क्रिकेटमा दक्षिण अफ्रिका विजयी

इकागज |
चैत ३१, २०७७ मंगलबार ६:५५ बजे

काठमाडौँ : पाकिस्तानसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । पाकिस्तानले दिएको १४१ रनको लक्ष्य १४ ओभरमा ४ विकेट गुमाएर भेट्टाएपछि दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको हो । जितसँगै चार खेलको सिरिज दक्षिण अफ्रिकाले एक–एकको बराबरीमा ल्याएको छ । 

अफ्रिकालाई जिताउन एडेन मरक्रमले ५४ रनको योगदान दिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । उसका लागि कप्तान बाबर अजामले ५० रन बनाए । 


यसअघि पहिलो टी–ट्वान्टीमा पाकिस्तान विजयी भएको थियो ।  


 


Author

थप समाचार
x