मनवीर छन्त्यालद्वारा भलिबल संघकाे महासचिवमा उम्मेदवारी घोषणा
काठमाडौँ- नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले भदौ २२ गते हुने निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर भदौ तेस्रो साता हुन लागेको नेपाल भलिबल संघको निर्वाचनका लागि छन्त्यालले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बागलुङ प्रदेश प्रतिनिधिको रूपमा संघमा स्थान बनाउँदै आएका छन्त्याल हाल भलिबल संघको सचिव पदमा छन् ।
यसअघि २०६९ मा भएको निर्वाचनमा उनी सदस्य चुनिएका थिए । ढोरपाटन प्रशिक्षण केन्द्रका अध्यक्षसमेत रहेका छन्त्यालले महिला डबल लिगको आयोजना गर्दै आएका छन् । संघमा ६ वर्ष बिताएका छन्त्यालले एक पद, एक ग्राउण्ड, एक रेफ्री, एक प्रतियोगिता, एक कोच, एक टिम भन्ने नाराका साथ उम्मेदवारी घोषणा गरेका छन् ।
महिला र पुरुष समान २४ प्रतियोगिता गर्ने, क्षेत्रीय स्तरको प्रतियोगिता गर्ने, १२ महिना नै खेलाडी प्रशिक्षण र प्रतियोगितामा ब्यस्त बनाउने योजनासहित आफूले कार्ययोजना ल्याएको दाबी गरेका छन् । महासचिव पदमा आएमा राष्ट्रिय टिमको कप्तानलाई लगातार पाँच वर्ष क्रियाशिल रहेर काम गरेको अवस्थामा कार र सन्यास लिने खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरे ।
नयाँ कार्यसमितिका लागि यसअघि उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया