यौन दुर्व्यवहारको आरोपमा पूर्वअमेरिकी बक्सर जर्जमाथि मुद्दा दायर
काठमाडौँ- पूर्व अमेरिकी हेविवेट बक्सिङ च्याम्पियन जर्ज फोरम्यानविरुद्ध यौन दुर्व्यवहार गरेको आरोमा मुद्दा दायर भएको छ । सन् १९७० को दशकमा आफूहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै दुई महिलाले फोरम्यानविरुद्ध लस एन्जेलेसमा मुद्दा दायर गरेका हुन् ।
तर ७३ वर्षीय फोरम्यानले भने उक्त आरोप गलत भएको बताउँदै आएका छन् । ती महिलाले भने वास्तविक गोप्य राखेर फोरम्यानमाथि मुद्दा हालेको रोयटर्सले जनाएको छ ।
६० वर्षमाथिका ती दुई महिलाले आफ्ना बुबाहरु फोरम्यानको नजिक भएका कारण बाल्यकालमै उनीसँग भेट भएको जनाएका छन् ।
एक महिलाले एउटा उदाहरुणको रुपमा सान फ्रान्सिस्कोको एक होटेलमा आफू १५ वर्षको हुँदा फोरम्यानले आफूसँग यौनसम्बन्ध राखेको मुद्दामा लेखेकी छन् ।
अर्की एक महिलाले फोरम्यानले आफू १५ वर्षको हुँदा यौन दुर्व्यवहार तथा बलात्कार गरेको उल्लेख गरेकी छन् । ती महिलाले जनाए अनुसार फोरम्यानले आफूसँग यौन सम्पर्क नगरे बक्सिङ एडभाइरजको रुपमा बुबाले जागीर गुमाउने धम्की दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया