राष्ट्रिय भलिबल प्रतियोगिता सुरु : नेपाल पुलिसको विजयी सुरुआत
पोखरा - पोखरामा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत राष्ट्रियस्तरको लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता अन्र्तगत पहिलो दिनको खेलमा नेपाल पुलिस विजयी हुँदा अर्को खेल स्थगित भयो । ४ दिनसम्म चल्ने प्रतियोगितामा शनिबार पहिलो खेलमा नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटले पराजित गरेको छ । पुलिसले २८–३०, २५–१२, २५–१२ र २५–१७ सेटमा जीत हात परको हो ।
यसैगरी त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशको टिम बिच भएको अर्को खेल लाइट नपुग्दा प्राविधिकरणवश दुवै टिमको सहमतिमा भोलीसम्मका लागि स्थगित भएको भयो । पहिलो सेट भने आर्मीले ३१–२९ को जित निकालेको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले बताए । शनिबार रोकिएको खेल आईतबार हुने भनिएपनि पोखरामा भारी वर्षा भईरहेका कारण हुन सकेको छैन । आइतबारको पहिलो खेल पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लब र सशस्त्र प्रहरी बल बिच हुने तालिका थियो । वर्षा रोकिना साथ खेल सुरु गरिने आयोजकले जानकारी दिएको छ ।
इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भएको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमले भाग लिएका छन् । महिलातर्फ सशस्त्र प्रहरीको टिम अन्तिम समयमा सहभागी भएन ।
पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिएका छन् । महिला राष्ट्रिय भलिबल प्रतियोगितातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् ।
प्रतियोगिताको महिला पुरुष दुवै तर्फका विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया