दुर्घटनामा परी केन्याका साइक्लिस्ट सुलेमानको मृत्यु
काठमाडौँ- दुर्घटनामा परी केन्याका साइक्लिस्ट सुलेमान कंगाङ्जीको मृत्यु भएको छ । ३३ वर्षीय साइक्लिस्ट सुलेमानले उच्च गतिमा साइकल चलाउँदै गर्दा दुर्घटनामा परी अमेरिकामा मृत्यु भएको बीबीसीले जनाएको छ ।
भरमाउन्डको अभरल्यान्ड ग्राभेल रेसमा सहभागिता जनाएका थिए । प्रतियोगितामा खराब सडकमा ५९ माइलको साइक्लिङ र ७ हजार फिटको चढाइ समावेश रहेको थियो । सुलेमानले टिम अमानीका लागि प्रतिस्पर्धा गरेका थिए ।
सन् २०१७ मा टूर अफ रुवान्डामा सुलेमानले जर्मन युसीआई कन्टिनेटल टिम बाइक एडका लागि साइक्लिङ गर्दै तेस्रो भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया