खेलकुद

कोलकत्तामाथि मुम्बईको संघर्षपूर्ण जित

इकागज |
बैशाख १, २०७८ बुधवार ६:१७ बजे

काठमाडौँ : आइपीएल क्रिकेटमा कोलकत्तालाई मुम्बई इण्डियन्सले पराजित गरेको छ । मंगलबार राती भएको खेलमा मुम्बईले कोलकत्तालाई १० रनले हराएको हो । यसअघि बेंग्लोरसँग हारेको मुम्बईको यो पहिलो जित हो । 

मुम्बईले दिएको १५३ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रनमा सिमित भयो । मुम्बईलाई जिताउन राहुल चाहरले चार तथा टे्रन्ट बोल्टले दुई विकेट लिए ।


कोलकत्ताका लागि नितिश रानाले ५७ र शुभमान गिलले ३३ रन बनाएपनि टिमका लागि त्यो पर्याप्त भएन । त्यसअघि १५३ रनमा अलआउट भएको मुम्बईका लागि सुर्यकुमार यादवले ५६ र रोहित शर्माले ४३ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले पाँच विकेट लिए । जितसँगै मुम्बई २ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । आइपीएलमा आज राती बेंग्लोर र हैदरवाद खेल्दैछन् ।  


Author

थप समाचार
x