खेलकुद

पीएसजी र चेल्सी च्याम्पियन्स लिगको सेमीफाइनलमा

डिफेन्डिङ च्याम्पियन बायर्न बाहिरियो

इकागज |
बैशाख १, २०७८ बुधबार ७:१७ बजे

काठमाडौँ : फेन्च क्लब पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको दोस्रो लेगमा बायर्न म्युनिकले जित हात पारेपनि अवे गोलका आधारमा समग्रमा ३-३ गोलसहित पीएसजी सेमीफाइनल पुगेको हो ।

यसअघि पहिलो लेगमा पीएसजीले बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको थियो । आफ्नो मैदानमा तीन गोल खाएको बायर्नले पीएसजीको मैदानमा एक गोल मात्रै गर्न सक्यो । त्यही अवे गोलका आधारमा पीएसजी सेमीफाइनल पुग्यो भने बायर्न म्युनिक प्रतियोगिताबाट बाहिरियो ।


गएको सिजन बायर्नले फाइनलमा पीएसजीलाई हराउँदै उपाधि उचालेको थियो । यस वर्ष भने पीएसजी बलिया टिम बार्सिलोना र बायर्नलाई हराउँदै उपाधितर्फ अघि बढेको छ । 

यस्तै चेल्सी सात वर्षपछि पहिलोपटक च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलमा पुगेको छ । गएराती पोर्टोलाई समग्रमा २-१ गोलले हराउँदै चेल्सी सेमीफाइनल पुगेको हो । दोस्रो लेगमा पोर्टो विजयी भएपनि पहिलो लेगमा दुई गोल गरेको चेल्सी अन्तिम चारमा पुगेको हो ।


Author

थप समाचार
x