त्रिकोणात्मक शृंखलाका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले बैशाख ४ बाट सुरु हुने त्रिकोणात्मक टी–ट्वान्टी शृंखलाका लागि नेपाली टिमको घोषणा गरेको छ । बुधबार घोषणा गरिएको टिममा युवा खेलाडी साहब आलमलाई पनि समेटिएको छ ।
आयोजक नेपालका अतिरिक्त नेदरल्यान्डस् र मलेसियाले भाग लिने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । घरेलु क्रिकेटमा बलियो खल देखाएका साहबले सिनियर टिममा पहिलो पटक मौका पाउन लागेका हुन् ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा छनौट गरिएको नेपाली टिममा कुल १५ खेलाडी समेटिएका छन् । शृंखलाको उद्घाटन खेलमा घरेलु टिम नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । बैशाख ५ मा हुने दोस्रो खेलमा नेदरल्यान्ड्स र मलेसिया आमनेसामने हुनेछन् ।
त्यसैगरी, बैशाख ७ मा नेपालले फेरि नेदरल्यान्ड्सको चुनौति सामना गर्नेछ । बैशाख ८ मा मलेसिया र नेदरल्यान्ड्स खेल्नेछन् अनि बैशाख ९ मा मलेसिया र आयोजक नेपाल दोस्रो मलेसिया दोस्रो पटक भिड्नेछन् । डबल राउण्ड रोबिनको आधारमा हुने शृंखलामा शीर्ष दुईमा रहने टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टिम:
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी ।
खेल तालिका
वैशाख ४: नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ५: नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ६: नेपालविरुद्ध मलेसिया
वैशाख ७: नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ८: नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ९: नेपालविरुद्ध मलेसिया
वैशाख १०: विश्राम
वैशाख ११: फाइनल
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया