खेलकुद

ओलम्पिकमा स्वर्ण विजेतालाई एक करोड ३० लाख दिने गरी कानुनी व्यवस्था हुँदै : खेलकुदमन्त्री

इकागज |
भदौ १८, २०७९ शनिबार २१:३२ बजे

फाइल तस्बिर

काठमडाैँ- युवा तथा खेलकुदमन्त्री महेश्वर जङ गहतराजले राज्यले ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई रु एक करोड ३० लाख पुरस्कार दिने घोषणका लागि राज्यले कानुनी व्यवस्था गर्न लागेको जानकारी दिएका छन् । 

 काठमाडौँमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औँ वार्षिकोत्सव समारोहमा मन्त्री गहतराजले साे जानकारी दिएका हुन् । उनले  भने, 'खेलाडीले अब खेल खेल्दा खाली हात होइन्छ कि भनेर सोच्नुपर्ने अवस्था छैन, राष्ट्रका लागि खेल खेल्ने उनीहरूलाई राज्यले उचित सम्मान र पुरस्कारको प्रबन्ध गर्न लागेको छ, आगामी मन्त्रिपरिषद्बाट पास हुँदैछ ।'


उgले आगामी एशियन खेलमा स्वर्ण पदक जित्ने खेलाडीले रु ३०/३२ लाख पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिए ।

केही दिनमा मन्त्रिपरिषद्बाट पारित हुन लागेको राष्ट्रिय खेलकुद परिषद्को नियमावलीमा खेलाडीलाई उक्त पुरस्कार दिने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । 'उत्कृष्ट खेल खेलेमा कानुनीरुपमा नै राज्यबाट सम्मान र पुरस्कार प्राप्त गर्ने आधार तयार भएको छ,' समारोहमा उनले थपे ।   

मन्त्री गहतराजले खेलाडीले उच्च मनोबलका साथ राष्ट्रका लागि खेल्दैछौँ, व्यक्तिगत रुपमा पनि खेलबाट राम्रो व्यवस्था हुँदैछ भन्ने कुरालाई आत्मसात गर्नुपर्ने अवस्था आएको पनि बताए । खेललाई अब सामान्य क्रियाकलापका लागि मात्रै नभएर उद्योग र अन्तर्राष्ट्रिय सम्बन्धका रुपमा विकास गर्नुपर्ने तथा प्राकृतिक सौन्दर्यलाई उपयोग गर्दै खेल पर्यटनकैरुपमा विकास गर्दै लैजानु जरुरी रहेको उनले बताए । 

उनले खेलकुदलाई सामान्य क्रियाकलापले मात्रै बुझ्ने गल्ती गरेमा तत्वयिक सफता प्राप्त गर्न नसकिने बताए । उनले खेललाई जीवनको पर्यायका रुपमा विकास गर्दै बहुआयामिक पक्षसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । उनले खेलकुद भनेको विज्ञान हो भन्दै यसलाई खेलकुद शिक्षाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । प्राथमिक तहदेखि नै खेलकुदप्रति लगाव विकास गर्नु आवश्यक रहेको मन्त्री गहतराजको भनाइ थियो ।

सरकारकाले स्पोर्टस् विश्वविद्यालय बनाउने सोचका साथ नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिँदै उनले त्यसले ओलम्पिकसम्मको यात्रालाई सफलतामा पुर्‍याउन मद्दत गर्ने बताए । 

'अन्तर्राष्ट्रिय प्रतियोगिता जुन क्रमले अघि बढिरहेको छ, त्यसतर्फ हेर्दा निरन्तर खेल प्रतियोगिता गर्दै जाने र तल्लो तहदेखि नै खेलाडी उत्पादन गर्नुपर्ने आवश्यकता छ,' उनले भने । मन्त्री गहतराजले सरकारले आगामी साफ गेमको तयारी गरिरहेको तथा २३ सेप्टेम्बरमा एशियन खेल हुँदै गएकाले राम्रो तयारीको आवश्यकता औँल्याए । रासस


Author

थप समाचार
x