भलिबल संघको अध्यक्षमा महासचिव चन्दले गरे उम्मेदवारी घोषणा
काठमाडौँ- नेपाल भलिबल संघको अध्यक्ष पदमा महासचिव जितेन्द्रबहादुर चन्दले उम्मेदवारीको घोषणा गेका छन् ।
काठमाडौँमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै चन्दले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । चन्द प्यानलबाट रोशन श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी चन्दले भलिबलको सपना पूरा गर्न आफुले उम्मेदवारी घोषणा गरेको बताए । वर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्माको प्रशंसा गर्दै वर्तमान नेतृत्वको बाँकी रहेको कार्यभार आफूले पूरा गर्ने उनले बताए । १४ बुँदे योजना सार्वजनिक गर्दै चन्दले वार्षिक क्यालेण्डर प्रकाशित गर्ने, काम गर्न प्रोत्साहन गर्न सबैलाई व्यवस्थित गर्ने, प्रशिक्षक, खेलाडी र रेफ्रीलाई समय सापेक्ष वैदेशिक प्रशिक्षणमा पठाउने बताए ।
त्यस्तै वर्षभरि उत्कृष्ट कार्य गर्ने जिल्ला भलिवल संघ, प्रदेश भलिबल र रेफ्री तथा प्रशिक्षकहरूलाई पुरस्कृत गर्ने लगायतका योजना रहेको उनको भनाइ छ ।
यसअघि अध्यक्ष पदमा वर्तमान कार्यसमितिको उपाध्यक्ष समेत रहेकी निरोज मास्केले उम्मेदवारीको घोषणा गरिसकेकी छन् । नेपाल भलिबल संघको केन्द्रीय निर्वाचन भदौ २२ गते काठमाडौँमा हुँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया