खेलकुद

प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्डमा ४ खेल सम्पन्‍न

इकागज |
भदौ १९, २०७९ आइतबार २१:८ बजे

मकवानपुर- मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ७ मा रहेको नागस्वती भेट्रान्स क्लबको आयोजनामा आज भएको खेलमा हेटौडा, अभिषेकचर्च, कोटेश्वर र ठमेल चियापप विजयी भएका छन् ।

प्रतियोगिताको आइतबार दिउँसो भएको खेलमा काल भैरव भेट्रान्स हेटौंडाले अभिषेकचर्च भेट्रान्स नवलपरासीसँग हार बेहोर्नु परेको छ । खेलमा अभिषेकचर्च भेट्रान्सका तर्फबाट जर्सी नम्बर १० का मनोज लामाले खेलको २६ औं मिनेटमा गोल गरेका थिए भने खेलको २९ औं मिनेटमा जर्सी नम्बर १५ का तोयाराम भुजेलले गोल थप्दै टिमलाई अग्रता बनाएका थिए ।


खेलमा कालभैरब २-० फरकमा हार बेहोर्न बाध्य भएको थियो । यो खेलको म्यान अफ द म्याच बन्‍न अभिषेकचर्च भेट्रान्सका तोयाराम भुजेल सफल भएका थिए । यस्तै आजको तेश्रो खेलमा भने कोटेश्वर ११ भेट्रान्स र सिमरा भेट्रान्सबीच निकै रोमान्चक खेल भएको थियो । खेलको १३ औं मिनेटमा कोटेश्वर ११ भेट्रान्सका जर्सी नम्बर ८ का हरीहर थापाले पहिलो गोल गरेका थिए । खेलको २० औं मिनेटमा अन गोल हुन गई कोटेश्वरको सुसाईड गोल थप गोल हुन सफल भएको थियो ।

यस्तै खेलको ३८ औं मिनेटमा कोटेश्वरका तर्फबाट जर्सी नम्बर ११ का नारायण कार्कीले अर्को गोल गरेका थिए भने खेलको अन्तिम समयमा जर्सी नम्बर १० का शसी रिमालले गोल थप गर्दै टिमलाई विजयी बनाउन सफल भएका थिए ।

यस खेलमा सिमारा भेट्रान्सका तर्फबाट जर्सी नम्बर ३७ का गोपीराम भटले खेलको १४ र १७ मिनेटमा २ गोल गर्न सफल भए । अन्तत: यस खेलमा कोटेश्वर भेट्रान्स चार दुईको फरकमा विजयी हुन सफल भयो । उक्त खेलमा कोटेश्वर भेट्रान्सका हरीहर थापा म्यान अफ द मयाच भए ।

आजै भएको चौथो खेलमा ठमेल चिया पप भेट्रान्स विजयी भएको छ । खेलमा वीरगञ्ज सिटी भेट्रान्सलाई चार शून्यको फरक अन्तरालमा हरायाे । खेलको ९ औं र २१ मिनेटमा सुरज कार्कीले दुई गोल गरे । खेलको ३६ औं र ४० औं मिनेटमा लक्ष्मी याकाले २ गोल गर्दै टिमलाई चार शून्यको अन्तरमा विजयी बनाउन सफल भए । खेलको म्यान अफ द म्याच लक्ष्मी याका घोषित भए ।

सोमबार बिहान ७ बजे नाग्श्वती भेट्रान्स बि र बिरगंग एकेडेमी भेट्रान्सबीच हुनेछ भने दोश्रो खेल बिहान ८ बजे हेटौंडा भेट्रान्स र बगरभाई खलक भेट्रान्स पोखराबीच हुनेछ ।

आयोजकका अनुसार तेश्रो खेल बिहान ९ बजे चितवन भेट्रान्स र जोरपाटी भेट्रान्सबीच हुनेछ भने चौथो खेल दिउँसो २ बजे अभिषेकचर्च भेट्रान्स नवलपरासी र सानो गौचरण नाईटकिग कलब भेट्रान्सबीच हुनेछ ।

यस्तै पाँचौं खेल दिउँसो ३ बजे नागश्वती भेट्रान्स ए र ठमेल चियापप भेट्रान्सबीच हुने तालिका रहेको छ भने अन्तिम तथा छैटौं खेल हेटौंडा भेट्रान्स र बगरभाई भेट्रान्सको विजयी टिमसँग थापागाँउ भेट्रान्सले खेल खेल्ने तालिका रहेको छ । सोमबारबाट क्वाटर फाइनल खेल सुरु हुने बताइएको छ ।


Author

थप समाचार
x