खेलकुद

दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी सिरिजमा पाकिस्तानको अग्रता

इकागज |
बैशाख २, २०७८ बिहिवार ६:३९ बजे

काठमाडौँ : तेस्रो टी-ट्वान्टी क्रिकेटमा रवाफिलो जित निकालेसँगै पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको चार खेलको सिरिजमा २–१ को अग्रता लिएको छ । बुधबार राती भएको तेस्रो खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो ।

जितका लागि दक्षिण अफ्रिकाले दिएको २०३ रनको लक्ष्य पाकिस्तानले मात्रै १ विकेट गुमाएर १२ बल बाँकी छदै भेट्टायो । पाकिस्तानका लागि कप्तान बाबर अजामले १२२ रनको शतकीय पारी खेले । ५९ बलको सामना गरेका उनले १५ चौका र ४ छक्का प्रहार गरे । 


यस्तै मोहम्मद रिजवानले ७३ रन बनाए । त्यसअघि सेन्चुरियनमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो । उसका लागि एडेन मरक्रमले ६३ र जेन्नीमान मालनले ५५ रनको योगदान दिए ।

अब चौथो खेलमा जित निकाल्न सके पाकिस्तानले एकदिवसीयसँगै टी-ट्वान्टी क्रिकेट सिरिज पनि हात पार्नेछ । 


Author

थप समाचार
x