खेलकुद

च्याम्पियन्स लिग फुटबल

रियल म्याड्रिड र म्यानचेष्टर सिटी सेमीफाइनलमा

इकागज |
बैशाख २, २०७८ बिहीबार ७:१ बजे

काठमाडौँ : रियल  म्याड्रिड र म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलमा प्रवेश गरेका छन् । बुधबार राती भएका खेलमा रियलले लिभरपुललाई समग्रमा ३-१ र सिटीले बोरुसिया डर्टमण्डलाई समग्रमा ४-२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

दोस्रो लेगमा रियलले बराबरी खेल्दा सिटीले डर्टमण्डलाई २-१ गोल अन्तरले हरायो । चेल्सी र पीएसजी यसअघि नै सेमीफाइनल पुगिसकेका छन् । यसपटक पीएसजी बलियो टोलीका रुपमा सेमीफाइनल पुगेको छ । गएको वर्ष फाइनल पुगेर पनि पीएसजी उपाधि उचाल्न चुकेको थियो । 


जसले यसपटक डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई क्वाटरफाइनलबाटै घर पठाइसकेको छ । 

 


Author

थप समाचार
x