खेलकुद

कानुनी सहयोग गर्न क्यानलाई सन्दीपको आग्रह

लिग सकिएपछि नेपाल फर्कने

इकागज |
भदौ २३, २०७९ बिहीबार १२:१४ बजे

काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँग सहयोग मागेका छन् । क्यानले सम्पर्क गर्दा सन्दीपले नाबालिगमाथि करणी गरेको आरोपका विषयमा कानुनी सहयोग गर्न आग्रह गरेका हुन् ।  

सन्दीपले कानुनी उपचारका लागि क्यानबाट सहयोगको अपेक्षा गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए । उनका अनुसार सन्दीपले लिग सकिएपछि नेपाल फर्कने बताएका छन् । 


हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए । 

यसअघि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताएका थिए ।  एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् ।


Author

थप समाचार
x