खेलकुद

ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा नै गर्न सक्ने आधार तयार भइरहेका छन् : खेलकुदमन्त्री गहतराज

इकागज |
भदौ २३, २०७९ बिहीबार १३:४ बजे

फाइल तस्बिर

काठमाडौँ - खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालको क्रिकेट क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट बनाउन सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताएका छन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री गहतराजले ठूला अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा नै गर्न सक्ने आधार तयार भइरहेको बताए । यसले नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट बनाउन मद्दत पुग्ने उनको विश्वास छ । 

फाप्ला क्रिकेट मैदान र गौतमबुद्ध क्रिकेट मैदानलाई सम्पन्न गरेर केही वर्षमा नै सबैभन्दा धेरै लगानी क्रिकेट क्षेत्रमा भएको देखिने उनले बताए । मन्त्री गहतराले नेपालमा हुने आन्तरिक प्रतियोगीताले बलियो राष्ट्रिय टिम निर्माण हुने विश्वास व्यक्त गरे । 


गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना हुन लागेको हो । 

खेलहरू कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ । प्रतियोगितामा तीन विभागिय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।


Author

थप समाचार
x