सन्दिप लामिछानेलाई पक्राउ गर्न अदालतले दियाे अनुमति
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । काठमाडौँ बिहीबार जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको प्रहरी उच्च स्रोतले जनाएकाे छ ।
उनीविरुद्ध मंगलबार साँझ एक नाबालिगलाई बलात्कार गरेको भन्दै काठमाडौँ प्रहरीमा उजुरी छ । साे पछि प्रहरीले सन्दिपविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई निवेदन दिएको थियो ।
पक्राउ पूर्जी जारी भएसँगै प्रहरीलाई अब सन्दिपलाई भेटेलगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्ने बाटो खुलेको छ ।
सन्दिप यतिबेला विदेशमा छन् । सामाजिक सञ्जालमार्फत सन्दिपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
याे पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया