नेपाल टी-२० लिगका थप दुई टिमको टुंगो लाग्यो
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) बाँकी रहेको फ्रेन्चाइज नेपाल टी–२० लिगको बाँकी दुई टिमको नाम र मालिक सार्वजनिक गरिएको छ ।
क्यानले बिहीबार पत्रकार सम्मेलनमार्फत दुई टिमको बाँकी रहेका दुई टिमको नाम र मालिक सार्वजनिक गरेकाे हाे । बाँकी रहेका दुई टिमको नाम पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाइटेड राखिएको छ ।
पोखराका मालिकहरूमा सुबोध त्रिपाठी र अतिस ज्ञवाली छन् भने फारवेस्टर्नको स्वामित्व भेन्चर्स, बेलायत र रुपिन्दर बग्गाले दिएका छन् । प्रतियोगिताको लागि क्यानले यसअघि नै चार टिम जनकपुर रोयल्स, कान्तिपुर क्यापिटल्स, लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सको नाम सार्वजनिक गरिसकेको छ ।
प्रतियोगिता ८ असोजदेखि ५ कात्तिकसम्म हुने तालिका छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया