खेलकुद

प्रदेश खेलकुद परिषद गण्डकीमा ९ जना सल्लाहकार मनोनयन

इकागज |
भदौ २५, २०७९ शनिबार १५:२० बजे

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले विभिन्न जिल्लाका ९ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । गत भदौ ८ गते यूवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष समेत रहेका राजिव गुरुङको अध्यक्षतमा बसेको बोर्ड बैठकले उनीहरुलाई मनोनयन गरेको परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।

प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३(ज) बमोजिम उनीहरुलाई मनोनयन गरिएको परिषदले जनाएको छ । परिषदको सल्लाहकारमा मनोनयन हुनेहरुमा खड्ग बहादुर रानाभाट (कास्की), गणेश बहादुर भट्टराई (कास्की), देवेन्द्र शेरचन (कास्की), इन्द्र बहादुर गुरुङ (गोरखा), सम्पन्न श्रेष्ठ (बागलुङ), महेश गुरुङ (कास्की), सुनिल गुरुङ (कास्की), दिनेश श्रेष्ठ (कास्की) र ओम बस्नेत (कास्की) रहेका छन् ।



Author

थप समाचार
x