१९ वर्षे टेनिस खेलाडी कार्लोस बने विश्व नम्बर एक
काठमाडौँ- स्पेनिस युवा खेलाडी कार्लोस अल्काराजले युएस ओपन टेनिसको उपाधि हात पारेका छन् । फाइनलमा १९ वर्षीय कार्लोसले नर्वेका कास्पर रुडलाई पराजित गर्दै पहिलो पटक ग्रान्ड स्लामको उपाधि हात पारेका हुन् ।
कार्लोसले २३ वर्षीय कास्परलाई ६-४, २-६, ७-६ (७-१) र ६-३ को सेटमा पराजित गरे । उपाधिसँगै कार्लोस पुरुष सिंग्लसतर्फ विश्व नम्बर एक टेनिस खेलाडी बन्ने सबै भन्दा कान्छा खेलाडी बनेका छन् ।
कार्लोस १९ वर्ष १ सय ३० दिन हुँदा विश्व नम्बर एक खेलाडी बनेका हुन् । यस अघि लेयटन हेविट २० वर्ष २ सय ६८ दिनको हुँदा विश्व नम्बर एक खेलाडी बनेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया