आबुधाबी र कतारको सपना पुरा गर्दै सिटी र पीएसजी
काठमाडौँ : युरोपियन फुटबल संघ (युइएफए) ले च्याम्पियन्स लिगको ढाँचामा परिवर्तन गर्दैछ । जसको घोषणा अर्को साता हुने अपेक्षा गरिएको छ । तर घोषणा हुनुअघि नै च्याम्पियन्स लिग केही हदसम्म परिवर्तन भइसकेको हो की जस्तो लाग्छ । च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने टिमहरूको सूचीले पनि त्यही दाबी गर्छ ।
करिब एक दशक भयो, युरोपमा म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पएिसजी) जस्ता टिम बलियो बनेका । यी क्लबहरूको उदयले युरोपमा ठूलो क्लबको व्याख्या नै परिवर्तन भएको छ । यस सिजन च्याम्पियन्स लिगमा दुबै क्लबले बलियो प्रदर्शन गरेका छन् । सिटी आफ्नो इतिहासमै दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । उता पीएसजीले लगातार दोस्रो पटक अन्तिम चारमा स्थान पक्का गरेको छ ।
अब हुने सेमिफाइनलमा सिटी र पीएसजी भिड्नेछन् । यी दुई टिममा केही समानता छन् । पहिलो, दुबै क्लब खाडीबाट सञ्चालित छन् । दोस्रो, दुबैको मुख्य लक्ष्य च्याम्पियन्स लिग उपाधि नै हो । सिटी र पीएसजीले युरोपियन क्लब फुटबलको पुरानो संरचनामा धक्का पुर्याइरहेको बताइरहँदा यहाँ बिर्सनै नसकिने अर्को क्लब हो, चेल्सी । त्यही चेल्सी जसको मालिक बनेर आएका थिए रुसका अर्बपति रोमन अब्रामोभिच । सन् २००३ पछि चेल्सीले इंग्लिस फुटबलमा के गर्यो त्यो हामीले देखेकै छ ।
लन्डन क्लब चेल्सी पनि यस पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । जहाँ उसको भेट रियल म्याड्रिडसँग हुनेछ । १३ पटक च्याम्पियन्स लिग जितेको रियल अन्य तीन क्लबभन्दा फरक छ । किनभने रियल युरोपियन क्लब फुटबलको पराम्पारिक शक्ति हो । यही विशेषण सिटी, पीएसजी र चेल्सीलाई दिन मिल्दैन ।
रियलले अन्य दुई क्लबसँगै च्याम्पियन्स लिगमा दबदबा बनाएको छ । अन्य दुई क्लब भनेका बार्सिलोना र बायर्न म्युनिख हुन् । स्पेन र जर्मनीका यी दुई क्लबले कुल १२ पटक च्याम्पियन्स लिग जितेका छन् । च्याम्पियन्स लिग उपाधि संख्याका आधारमा मात्रै होइन, अर्थिक हिसाबले पनि रियल र स्पेनकै बार्सिलोना विश्वका दुई शीर्ष क्लब हुन् । यद्यपि सिटी र पीएसजीको उदयले रियलको स्थान असुरक्षित बन्दै गएको छ ।
कोभिड-१९ का कारण रियलको आम्दानीको स्रोत घटेको छ । त्यसमाथि रंगशाला पुनः निर्माणमा खर्च भएको ५७५ मिलियन यूरोले रियलको अर्थिक अवस्थालाई खस्काएको छ । रियलको विपक्षी चेल्सीले भने गत वर्ष खेलाडी खरिदमा ठूलो रकम खर्च गर्यो ।
यसपटक सिटी र पीएसजीमध्ये एउटा टिममात्रै फाइनलमा पुग्नेछ । तर यस सिजनको असफलताले सिटी र पीएसजीको युरोपकै ठूलो क्लब बन्ने सपनामाथि धावा बोल्न सक्नेछैन । आउँदा सिजनमा सिटी र पीएसजी थप बलियो बन्नेछन् । जसका कारण रियल जस्ता क्लबहरूको स्थान थप खतरामा पर्नेछ ।
काई हार्बट्स र टिमो वेरनरमाथि मात्रै २५० मिलियन यूरो लगानी गर्यो । ती नयाँ खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । तर पनि चेल्सी च्याम्पियन्स लिगको अन्तिम चारमा पुग्ने टिम बनेको छ । त्यो पनि सन् २०१४ पछि पहिलो पटक । रियल र चेल्सी यसअघि च्याम्पियन्स लिगमा कहिले पनि आमनेसामने भएका छैनन् । त्यसकारण पनि यी दुई टिमको भिडन्त विशेष हुनेवाला छ ।
आबुधाबीविरुद्ध कतार
च्याम्पियन्स लिगमा सिटी र पीएसजीे आमानेसामने हुन लागेको यो पहिलो पटक होइन । सन् २०१६ को क्वार्टरफाइनलमा यी दुई टिम भिडेका थिए । त्यसबेला विजयी बनेको थियो, सिटी । पीएसजीलाई अन्तिम आठमा हराएको सिटीको यात्रा सेमिफाइनलबाट सकियो । शेख मन्सुर क्लब मालिक बनेर आएपछि सिटीले च्याम्पियन्स लिगमा हासिल गरेको ठूलो उपलब्धि नै त्यही सेमिफाइनल हो ।
दोस्रो पटक च्याम्पियन्स लिगको सेमफिाइनल पुगेका सिटी इंग्लिस प्रिमियर लिगको उपाधितर्फ उन्मुख छ । यस पटक प्रिमियर लिग जिते सिटी चार वर्षमा तीन पटक इंग्लिस च्याम्पियन बन्नेछ । उता पीएसजी भने गत सिजन पनि च्याम्पियन्स लिगको फाइनल पुगेको टिम हो । नेयमार र किलियान एमबाप्पे जस्ता स्टारमाथि ठूलो रकम खर्च गरेको पीएसजी च्याम्पियन्स लिग जित्दै लगानीको प्रतिफल उठाउने दाउँमा छ ।
यसपटक सिटी र पीएसजीमध्ये एउटा टिममात्रै फाइनलमा पुग्नेछ । तर यस सिजनको असफलताले सिटी र पीएसजीको युरोपकै ठूलो क्लब बन्ने सपनामाथि धावा बोल्न सक्नेछैन । आउँदा सिजनमा सिटी र पीएसजी थप बलियो बन्नेछन् । जसका कारण रियल जस्ता क्लबहरूको स्थान थप खतरामा पर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया