महिला साफ : भारतलाई हराउँदै नेपाल फाइनलमा, नयाँ च्याम्पियन बन्ने निश्चित
काठमाडौं– छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा जित्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालकी रश्मीकुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी हुन् ।
त्यही गोल निर्णायक बन्यो ।
मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती–११खेलाडी मैदानमा पठाउँदा सावित्रा भण्डारी ‘साम्बा’लाई वेञ्चमा राखेका थिए ।
डेंगुको कारण उनी बेन्चमा बसेकी हुन् ।
यो खेलमा भारत हारेसँगै साफ महिला च्याम्पियनसिपमा नयाँ च्याम्पियन बन्ने निश्चित भएको छ । सेमिफाइनलमा नेपालले ५ पटकका विजेता भारतलाई पराजित गरेपछि पहिलो पटकट भारत सेमिफाइनल बाटै बाहिरिएको हो ।
अब पहिलो पटक नेपाल र वंगलादेश फाइनल खेल्नेछन् । नेपाल ५ औँ पटक फाइनल पुगेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया