संविधान दिवसमा को-को खेलाडीले पाए पदवी ?
काठमाडौँ- संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज केही खेलाडीलाई विभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।
घोषणा आज गरिए पनि खेलाडीलाई ती मानपदवी, अलङ्कार र पदक भने २०८० वैशाख १ गते राष्ट्रपति कार्यालयमा विशेष समारोहबीच प्रदान गरिने छ ।
राष्ट्रपति भण्डारीले आज घोषणा गरेअनुसार तेक्वान्दो खेलाडी दिपक विष्टलाई प्रबल जनसेवाश्री पाउने छन् । पौडी खेलाडी गौरिका सिंहलाई राष्ट्रदीप दिने घोषणा गरिएको छ ।
खेलकुदकर्मीद्वय निलेन्द्रराज श्रेष्ठ र सुजनलाल श्रेष्ठ, खेलकुद प्रवर्तक जगतबहादुर खड्का, तोक्वान्दो खेलाडी पलेशा गोवर्धन, फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङ, भलिबल खेलाडी अरुणा शाही, तेक्वान्दो खेलाडी र भजिन्द्रबहादुर क्षेत्रीलाई जनसेवाश्री दिने घोषणा राष्ट्रपतिले गरेकी छन् ।
सुकीर्ति पदकबाट खेलाडीहरु रेणुका श्रेष्ठ, दिपक महर्जन, क्याम गुरुङ, मोतिकला गुरुङ, शिवध्वज देवान राई, रंजित तामाङ र क्रिकेटर प्रशान्त मल्ललाई विभूषित गरिनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया