बास्केटबल खेल्न नेपाली टिम शुक्रबार माल्दिभ्स जाने
काठमाडौँ- नेपाली राष्ट्रिय महिला बास्केटबल टिमले माल्दिभ्समा हुने साबा बास्केटबल च्याम्पियनसीपमा सहभागिता जनाउने भएको छ । च्याम्पियनसीप मालेस्थित सोसल सेन्टरमा सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ ।
च्याम्पियनसीपमा सहभागिता जनाउन १५ सदस्यीय नेपाली टोली सेप्टेम्बर २३ मा त्यसतर्फ गर्ने तालिका रहेको छ ।
नेपाली टिममा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् । प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् भने फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
यसैबीच, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच टिमलाई बिदाइ गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया