खेलकुद

कतार विश्वकपः साना अपराध गर्नेलाई सजाय नदिइने

इकागज |
असोज ६, २०७९ बिहीबार १२:५६ बजे

काठमाडौँ- कतारमा यसै वर्ष हुने फिफा विश्वकपका क्रममा साना अपराध गर्ने फुटबल समर्थकलाई सजाय नदिइने भएको छ । मुस्लिम राष्ट्र कतारले नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म विश्वकप आयोजना गर्दैछ ।

कतारले साना अपराध जस्तै सार्वजनिक रुपमा मादक पदार्थ गर्ने फुटबल समर्थकलाई सजाय नदिइने गरी योजना बनाएको रोयटर्सले उल्लेख गरेको छ । विश्वकप आयोजनाका लागि विभिन्न पक्षको व्यवस्थापनको योजना अझै पनि चलिरहेको छ ।


तर कतारले भने केही पनि जानकारी नगराए पनि सार्वजनिक रुपमा अपराध गर्ने समर्थकलाई सजाय हुने चेतावनी भने दिएको छ । कतारको कानून अनुसार सार्वजनिक रुपमा प्रेम दर्साउन नहुने, विवाह बाहेकको यौनसम्पर्क गर्न नहुने तथा समलिङ्गी सम्बन्धलाई अपराधको रुपमा रहेको छ । साथै सार्वजनिक रुपमा मादक पदार्थ सेवन गरे ६ महिनासम्म जेल सजाय हुने व्यवस्था रहेको छ ।

सार्वजनिक रुपमा मायाप्रेम दर्शाउने तथा छोटो लुगा लगाए पक्राउ पर्न सक्ने व्यवस्था रहेको छ ।

तर आयोजकले भने सार्वजनिक रुपमा रक्सी बेच्न दिने तथा स्टेडियम वरपर खेल सुरु हुनुभन्दा केही घण्टा अगाडी वियर खान दिने योजना बनाएको छ ।


Author

थप समाचार
x