आइपीएलमा मुम्बईको दोस्रो जित, हैदरावादको लगातार तेस्रो हार
काठमाडौँ : आइपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दोस्रो जित हात पारेको छ । शनिबार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै मुम्बईले दोस्रो जित हात पारेको हो ।
चेन्नेईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । उसका लागि क्वीन्टन डीककले ४० र किरोड पोलार्डले ३५ रन बनाए । हैदरावादका विजय शंकर र मुजीव रहमानले दुई दुई विकेट लिए ।
१५१ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको हैदरावाद १९ ओभर ४ बजमा सबै विकेट गुमाएर १३७ रनमा अलआउट भयो । हैदरावादका लागि जोनी बेयरस्टोले ४३ र कप्तान डेभिड वार्नरले ३७ रनको योगदान दिए । तर पनि टिमलाई जित दिलाउन सकेनन् ।
हैदरावादलाई सस्तैमा अलआउट गर्न ट्रेन्ट बोल्ट र राहुल चाहले समान तीन तीन विकेट लिए । जितपछि मुम्बई तीन खेलबाट चार अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । हैदरावाद भने तीन खेलमा अहिलेसम्म जितविहिन छ ।
आइपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । दिउँसो पौने ३ बजे हुने पहिलो खेलमा बेंगलोर र कोलकाता खेल्नेछन् भने राती पौने ८ बजे हुने दोस्रो खेलमा दिल्ली र पञ्जाब खेल्नेछन् । चारमध्ये बेंगलोर अपराजित छ भने बाँकी टिमले एक एक खेल मात्र जितेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया