चोटका कारण टी नटराजन मुम्बईसँगको खेलमा नपरेका हुन् : भीभीएस लक्ष्मण
काठमाडौँ: आइपीएल क्रिकेटमा आइतबार सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्ससँग हार व्यहोर्यो । आइपीएलमा लगातार तेस्रो पराजय भोेग्दा हैदरवादको टिममा टी नटराजन थिएनन् । उनको स्थानमा खलिल एहमदले खेले ।
मुम्बईविरुद्धको खेलका लागि घोषित टिममा नटराजनको नाम नदेखेपछि समर्थक छक्क परेका थिए । नटराजनका विषयमा विभिन्न अनुमान गरिए । यसैबीचमा हैदरावादका निर्देशक टम मुड्डीले नटराजन घाइते भएका कारण टिम बाहिर रहेको भनेर प्रष्टिकरण दिए । ‘उनी घाइते भएकाले टिममा नपरेका हुन् । उनले मुम्बईसँगको खेल गुमाउनुको कारण अर्को छैन,’ मुड्डीले भनेका छन् ।
हैदरावादका मेन्टर भीभीएस लक्ष्मणका अनुसार नटराजनले बायाँ घुँडाको चोट बोकेका छन् । ‘नटराजन मुम्बईसँगको खेलका लागि फिट थिएनन् । त्यसकारण, खलिलले खेलमा माैका पाएका हुन्,’ लक्ष्मणले भने, ‘खलिलले राम्रो खेले । यस सिजन उनले खेलेको त्यो पहिलो खेल थियो । तर पनि उनले निर्भिक खेल देखाए ।’
नटराजन कहिले मैदान फर्कने हुन, टुङ्गो छैन । त्यसकारण आगामी खेलहरुमा पनि खलिलले नै मौका पाउने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया