नवाैं राष्ट्रिय खेलकुद : महिला क्रिकेट आइतबारदेखि
पाेखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा सुरु हुँदै छ । नवाैं राष्ट्रिय खेलकुद असाेज २८ देखि कात्तिक ३ सम्म मिति ताेकिए पनि केही खेलहरू अघि नै हुने भएका छन् । जसअन्तर्गत महिला क्रिकेट असाेज २३ देखि कात्तिक १ गतेसम्म पाेखरा रंगशालामा हुनेछ ।
यसभन्दा अघि पुरुष क्रिकेट भदाैं २३ देखि ३१ सम्म भइसकेकाे छ । जसमा पुलिसले स्वर्ण पदक र आर्मीले रजत पदक जितेकाे छ । महिला क्रिकेटकाे उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र मधेश प्रदेश आमनेसामने हुनेछन् । अर्को खेल सुदूर पश्चिम र बागमती प्रदेश बीच हुनेछ ।
नौ टिमबीच हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समुह 'क' मा सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदुर पश्चिम र बागमती प्रदेश छन् । त्यस्तै, समूह 'ख' मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश रहेका छन् ।
आयोजक गण्डकी प्रदेशको टिमले लेखनाथको क्रिकेट मैदानमा अभ्यास गरेको छ । उद्घाटन खेलमा उच्च मनोबलका साथ मैदान उत्रने टिम कोच दीपेश खत्रीले बताए । यस्तै नवाैंकाे उदघाटन अघि नै हुने खेलमा ह्याण्डबल पुरुष, महिला र फेन्सिङ छन् । असाेज २४ साेमबारदेखि सुरु हुने ३ वटै खेल ह्याण्डबल कभर्ड हलमा र फन्सिङ ब्याटमिन्टन हलमा हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया