खेलकुद

जोसे मौउरिन्हो बर्खास्तीमा

इकागज |
बैशाख ६, २०७८ सोमबार १६:४५ बजे

काठमाडौँ: टोटनहमले सोमबार प्रशिक्षक जोसे मौउरिन्होलाइ बर्खास्त गरेको छ । सन् २०१९ को नोभेम्बरमा टोटनहम आएका मौउरिन्होको लन्डन क्लबसँगको सम्झौँता सन् २०२३ जुनसम्मका लागि थियो । 

चेल्सी तथा म्यानचेस्टरको समेत प्रशिक्षक रहिसकेका मौउरिन्होको नेतृत्वमा टोटनहम यस सिजन संर्घषरत छ । टोटनहम ३२ खेलबाट ५० अंक बटुल्दै इंग्लिस प्रिमियर लिगको सातौँ स्थानमा छ । 


माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेपछि टोटनहम अध्यक्ष डानियल लेभीले मौउरिन्होलाई रोजेका थिए । चेल्सीलाई तीन पटक प्रिमियर लिग जिताएका मौउरिन्होले टोटनहममा भने कुनै प्रतियोगिता जित्न सकेनन् । 

पोर्चुगलका मौउरिन्होको प्रशिक्षणमा टोटनहमले कुल ८६ खेल खेल्यो । जसमा लन्डन क्लबले ४४ जित हासिल गर्‍यो भने २३ भोग्यो । अन्य १४ युरोपियन क्लबसँग मिलेर युरोपियन सुपर लिग गठनमा लागेको टोटनहमले कसलाई नयाँ प्रशिक्षकमा नियुक्त गर्छ, चासोको विषय बनेको छ ।    
 


Author

थप समाचार
x