खेलकुद

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा बागमतीकाे विजयी सुरुवात

इकागज |
असोज २७, २०७९ बिहीबार १९:२३ बजे

पाेखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलकाे दाेस्राे खेलमा बागमती प्रदेशले विजयी सुरुवात गरेकाे छ। प्रतियोगिता अन्तर्गत बिहिबार भएको दोस्रो खेलमा बागमतीले मधेश प्रदेशलाई २–० गोल अन्तरले हराएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै सहज जित निकालेको हो । खेल ३५/३५ मिनेटकाे खेलाईएकाे थियाे । बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गरे ।


खेलको ३९ औं मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतीका लागि ४५ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर पारे । खेलको पहिलो हाफमा मधेश प्रदेशले बागमतीलाई निकै दबाबमा राखेपनि गोल गर्न नसक्दा हार व्यहाेरेको हो । प्रतियोगिता अन्तरगत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदूरपश्चिमबीच दोस्रो खेल हुनेछ ।


Author

थप समाचार
x