नवौं राष्ट्रिय खेलकुद शुक्रबारदेखि औपचारिक रूपमा सुरु
काठमाडौँ- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।
शुक्रबार पोखरा रङ्गशालामा आयोजित विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गरिएको हो । उद्घाटनमा विभिन्न प्रदेशले मार्चपास गरेका थिए भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना गरिएको हो । गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो । यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको छ । नवौंको अधिकांश खेलहरू पोखरा रंगशालामा आयोजना गरिएको छ । पुरुष क्रिक्रेटकाे खेल भने यसअघि नै काठमाडौँमा सम्पन्न भइसकेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।
यसपटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाएका छन् । यसपटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया