नवौँ राष्ट्रिय खेलकुदः गल्फमा बागमतीलाई अग्रता
पोखरा- गण्डकी प्रदेशमा शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको गल्फमा बागमती प्रदेशले टिम इभेन्टमा अग्रता लिएको छ ।
पोखराको हिमालयन गल्फ कोर्समा पुरुष टिम इभेन्टमा बागमतीका सदभाव आचार्य, टासी छिरिङ, वाङचेन धोनदुप र नोर्बु छिरिङ शेर्पाको टिमले २ सय १९ अंकसहित अग्रता लिएको हो । नेपाल आर्मीका सुवास तामाङ, निश्चय रायमाझी, झलेन्द्र भट्टराई र विष्णु कार्कीको टिम २ सय २३ अंकसिहत दोस्रो स्थानमा रहेको छ ।
महिलातर्फ बागमतीकी कश्मिरा शाह, तारा कार्की चित्रकार र प्रतिभा राईको टिमले १ सय ६५ स्कोरसहित अग्रता बनाएको छ ।
यता एकलतर्फ आर्मीका सुवास तामाङले वान अन्डर ६८ सहित शीर्षस्थानमा छन् भने बागमतीका सदभाव आचार्य वान अभर ७० स्कोरसहित दोस्रो स्थानमा छन् ।
महिलातर्फ बागमतीकी तारा कार्की चित्रकार शीर्ष तथा प्रदेश १ की सुस्मा सिंग्देल दोस्रो स्थानमा छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया