खेलकुद

तेस्रो लिंगी हुन सक्ने भन्दै महिला खेलाडीमाथि अनुसन्धान

इकागज |
असोज २९, २०७९ शनिबार १४:५१ बजे

पोखरा- गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एक महिला खेलाडीमाथि अनुसन्धानका लागि पहल सुरु गरिएको छ । तेस्रो लिंगी हुन सक्ने आशंकामा लुम्बिनी प्रदेशकी छोटो दूरीकी एक महिला धाविकामाथि छानविनका लागि पहल सुरु भएको हो ।

एथलेटिक्सका पदाधिकारीहरु खुल्ला रुपमा कुनै आरोप नलगाएपनि भित्रैभित्र उनी तेस्रो लिंगी हुन सक्ने आशंका गरिरहेका छन् । यसैलाई लिएर एक पदाधिकारीले राष्ट्रिय खेलकुद अनुसन्धान टिमलाई यसबारे आधिकारिक जानकारी गराइएको बताए ।


तर उक्त खेलाडीको नाम भने सार्वजनिक गर्न अस्वीकार गरे ।


Author

थप समाचार
x