नवौं राष्ट्रिय खेलकुद
खेलकै दाैरानमा गौरिका सिंहलाई के भयाे ? दुई इभेन्टकाे फाइनल खेल नखेल्ने निर्णय
पोखरा- आर्मी क्लबकी स्विमर गौरिका सिंहले शनिबारको दुई इभेन्ट्सको प्रतिस्पर्धामा सहभागी नहुने भएकी छन् । अस्वस्थ भएपछि गौरिकाले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पौडीको दुई इभेन्ट्समा सहभागी नहुने निर्णय गरेकी हुन् ।
पेटमा समस्या आएपछि उनले नखेल्ने निर्णय लिएकी हुन् । गौरिकाले १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याक स्ट्रोकको इभेन्ट्स नखेल्ने निर्णय गरेकी हुन् ।
गौरिका महिलातर्फ १ सय मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकको फाइनल चरणमा पुगेकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया