आयोजक गण्डकीलाई पहिलो स्वर्ण
पोखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजक गण्डकी प्रदेशले पहिलो स्वर्ण जितेको छ । गण्डकीले पुरुष ह्याण्डबलमा पहिला स्वर्ण जितेको हो ।
शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाईनल प्रतिस्पर्धामा त्रिभुवन आर्मीलाई ४३–३६ स्कोरमा पराजित गर्दै गण्डकीले स्वर्ण पदक जितेको हो ।
पुरुष तर्फको तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा एपीएफले लुम्बिनी प्रदेशलाई पराजित गर्दै कास्य पदक जित्यो । एपीएफले २७–१२ स्कोरमा पराजित गर्दै कास्य पदकमा चित बुझाएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया