खेलकुद

नवौँ राष्ट्रिय खेलकुदः संक्षिप्तमा

इकागज |
असोज २९, २०७९ शनिबार १९:२७ बजे

साइक्लिङः

गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शनिबार पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला दुवैमा नेपाल आर्मीका खेलाडी स्वर्ण जितेका छन् । पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पुरा गर्दै बिजेता बन्दै स्वर्ण पदक जितेका छन् ।


त्यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दुरी पुरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा उक्त दुरी पुरा गरि कास्य पदक जित्न सफल भएका छन् ।

यता महिलातर्फ पनि सोही दुरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी छिन् । रजत पदक पनि नेपाल आर्मीकै उसा खनालले जित्न सफल भइन् । खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दुरी पुरा गरेकी थिइन् । त्यस्तै २ मिनेट ४०.०९ सेकेण्डमा दुरी पुरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक जित्न सफल भइन् ।

शनिबार भएको साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले २ स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले १-१ रजत त्यस्तै गण्डकी प्रदेश र एफिएफले १-१ कास्य पदक जित्न सफल भए ।

सात प्रदेश र तीन विभागिय गरी दश क्षेत्रबाट प्रतिस्प्रर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा रहेको छ । आइतबार पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुनेछ ।

सुटिङः

सुटिङ प्रतियोगिताको दोश्रो दिन शनिबार पुरुष व्यक्तिगत १० मिटर एयर राइफलमा आर्मीका नारायणसिंह दोङले ६००.५ अंक जोडेका छन् । प्रहरीका धनबहादुर विकले ५८६.१ तथा लुम्बिनीका अर्नव घिमिरेले ५७८.४ अंक बटुले ।

उक्त स्पर्धाको महिलामा बागमतीकी सुस्मिता नेपालले ६१३.५, आर्मीकी सिल्शा भण्डारी रायमाझीले ६१०.२ र मधेश प्रदेशकी निशा तामाङले ५९३ अंक बटुले ।

सातदोबाटोस्थित सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको पुरुष व्यक्तिगत १० मिटर एयर पेस्तोलमा बागमतीका कुँवेर केसीले ५४६, आर्मीका खेमराज ओलीले ५२८ र प्रहरीका अनिल ठकुरीले ५०१ अंक जोडे । सोही स्पर्धाको महिलामा आर्मीकी ज्योतिका दाहालले ५५५, लुम्बिनीकी कृष्णा थापाले ५४७ र बागमतीकी सविता बस्नेतले ५२९ अंक बटुले ।

रग्वीः

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्वी खेल पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिक खेलमैदानमा शनिबारदेखि सुरु भएको छ ।

नेपाल रग्वी संघका केन्द्रिय अध्यक्ष दिपक देवकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले क्षमतावान, सक्षम र प्रतिभावान खेलाडीहरु तयार गर्ने विश्वास व्यक्त गरे ।

टेनिसः

राष्ट्रिय टेनिसको पुरुष टिम इभेन्टमा आर्मी र गण्डकी फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित टेनिस कोर्टमा आर्मीले प्रहरीलाई २–१ तथा गण्डकीले एपीएफलाई ३–० को सेटमा पराजित गरे ।

महिला टिम इभेन्टमा आर्मी र एपीएफले स्वर्ण भिडन्त पक्का गरे । आर्मीले प्रहरीलाई २–१ तथा एपीएफले बागमतीलाई ३–० ले हराए ।


Author

थप समाचार
x