राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीमा डेंगु
पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगु संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशबाट महिलातर्फको हक्की प्रतियोगितामा सहभागी साहारा खतिवडालााई डेंगु संक्रमण देखिएको हो ।
शुक्रबार बेलुकीबाट अत्यधिक ज्वरो आएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । चेकजाँचका क्रममा उनलाई डेंगु पुष्टि भएको टीम कोच राजन नेपालीले जानकारी दिए । उनका अनुसार डेंगु पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने भन्दै खेल छोडेर घरमै आराम गरिरहेकी छिन् ।
यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्बिनीलाई हराउदै दुई खेल जितेको छ । संक्रमित खतिवडाले भने स्वास्थ्यमा सुधार आएकोले छिटै निको भएर खेलमा फर्किने बताएकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया