नवौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनको उद्घाटन
पोखरा- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । पोखरा सभागृहमा सुरु भएको खेलको पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
आइतबारको खेलमा ५ ईभेण्टको खेल हुने शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । दुई दिनसम्म चल्ने खेलको पहिलो दिन ५५, ६०, ६५, ७० र ७५ किलोग्राम तौल समुहको फाइनल हुनेछ । भने, दोस्रो दिन अन्य विधाका खेल हुनेछन् ।
प्रत्येक समूहमा सहभागी खेलाडीहरूमा प्रि–जर्ज राउण्डबाट उत्कृष्ट ५ छनोट गरिनेछ । सोही ५ जनाबाट फाइनल राउण्ड गरी मेडलको टुंगो लगाइने उनले बताए ।
उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउनेछन् । उनीहरूले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाहरूले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारिरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिका अनुसार शारीरिक सुगठनका लागि शनिबारदेखि सोमबारसम्म समय तोकिएको थियो । तर, शनिबार सहभागी खेलाडीहरूको तौल नाप्ने काम सकेर खेल सुरु गरिएको संयोजक श्रेष्ठ बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया