खेलकुद

आइपीएलमा चेन्‍नेईले राजस्थानलाई हरायो

इकागज |
बैशाख ७, २०७८ मगलवार ६:२३ बजे

काठमाडौँ : आइपीएल क्रिकेटमा चेन्नेईले राजस्थानलाई हराएको छ । मुम्बईमा चेन्नेईले राजस्थानलाई ४५ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनायो ।

उसका लागि फाफ डुप्लेसिसले ३३ र अम्बाती रायडुले २७ रन बनाए । राजस्थानका चेतेन सकरियाले ३ विकेट लिए । १८९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको राजस्थान पूरा २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमा सिमित भयो ।


उसका लागि जोश बटलरले ४९ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । चेन्नेईका मोइन अलिले ३ र साम कुरान तथा रविन्द्र जडेजाले दुई दुई विकेट लिए । जितसँगै चेन्नेई ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान भने पुछारबाट तेस्रो स्थानमा छ । 

आइपीएल क्रिकेटमा आज दिल्ली र मुम्बई खेल्दैछन् । खेल राती पौने ८ बजे चेन्नेईमा हुनेछ । 


Author

थप समाचार
x