आर्मीका सूर्यबहादुर र खगीतालाई हाइजम्पमा स्वर्ण
पोखरा- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हाईजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्यबहादुर खत्रीले स्वर्ण जितेका छन् । उनले १:९० मिटर उचाइ नाघ्दै स्वर्ण हात पारे ।
बागमती प्रदेशका निकेश महतोले रजत र नेपाल पुलिसका रोशन दनुवारले कास्य जिते । दुवैले समान १:७५ मिटर नाघे ।
यता महिलातर्फको हाइजम्पमा त्रिभुवन आर्मी क्लबकै खगीता सिंजाली मगरले स्वर्ण जितेकी छन् । फाइनल स्पर्धामा १ मिटर ५२ सेन्टिमिटर जम्प गरी खगीताले स्वर्ण जितेकी हुन् ।
१ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जिते ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया