खेलकुद

लिभरपुललाई शीर्ष चारमा पर्नै सकस

इकागज |
बैशाख ७, २०७८ मंगलबार ६:४० बजे

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल लिड्स युनाईटेडसँग बराबरीमा रोकिएको छ । सोमबार राती भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग एक–एक गोलको बराबरीमा रोकिएको हो ।

लिभरपुलका लागि खेलको ३१ औँ मिनेटमा साडियो मानेले गोल गरेका थिए । तर ८७ औँ मिनेटमा लिड्सका लागि डियगो लोरेन्टले बराबरी गोल फर्काए ।


बराबरीपछि लिभरपुललाई प्रिमियर लिगको शीर्ष चारमा पर्नै सकस भएको छ । ३२ खेलबाट ५३ अंक जोडेको लिभरपुल पाँचौ स्थानमा छ । एक खेल कम खेलेको चेल्सी ५४ अंकसहित चौथो स्थानमा छ । 

लिगमा बाँकी रहेका ६ खेलमा सुधारोन्मुख प्रदर्शन गर्न नसके साविक विजेता रहेको लिभरपुललाई आउँदो सिजन च्याम्पियन्स लिग खेल्न समेत हम्मे हम्मे पर्ने देखिन्छ । 


Author

थप समाचार
x