नवौँ राष्ट्रिय खेलकुदः आर्मी शारीरिक सुगठनको टिम च्याम्पियन
पोखरा- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । पोखरा सभागृह हलमा भएको खेलका आधारमा समग्रमा ५९ अंकसहित टिम च्याम्पियन बनेको हो ।
शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो । यस्तै आयोजक गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपिएफ र प्रदेश १ ले एक-एक स्वर्ण जितेका छन् ।
टिम च्याम्पियन बन्ने क्रममा आर्मीले ५ स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको थियो । प्रदेश १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेको हो । यसैगरी एपिएफले स्वर्णसहित ३ रजत र २ कास्य पदक जितेको हो ।
प्रतियोगितामा मधेश प्रदेशले २ रजत, बागमतीले २ रजत र एक कास्य, लुम्बिनी प्रदेशले २ रजत र २ कास्य जितेको छ । कर्णाली प्रदेश पदक बिहिन बन्दा सुदुरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनु परेको हो ।
प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गरेका थिए । यस्तै महिलाहरुले खुल्ला र महिला फिजिक्स खुल्लामा प्रतिस्पर्धा गरेका थिए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पधा भएको थियो ।
२ दिनसम्म चलेको खेलमा पहिलो दिन ५ र दोस्रोदिन महिलाको २ सहित ६ विधामा प्रतिस्पर्धा भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया