खेलकुद

भारोत्तोलनः ओलम्पियन कमललाई स्वर्ण

इकागज |
असोज ३१, २०७९ सोमबार २०:३१ बजे

पोखरा- त्रिभुवन आर्मी क्लबका कमलबहादुर अधिकारीले पुरुष ६७ केजी तौल समूहमा स्वर्ण जितेका छन् । ओलम्पियन कमलले स्नाचमा ९५ केजी तथा क्लिन एण्ड जर्कमा १३० केजी गरि कुल २२५ केजी भार बहन गर्दै स्वर्ण जितेका हुन् ।

आर्मीकै मुक्तिराम घलेले स्नाचमा ९० केजी, क्लिन एण्ड जर्कमा ११९ गरि कुलमा २०९ केजी भारका साथ रजत पाए । सुदूरपश्चिमका अशोक सिंह भण्डारीले स्नाचमा ९२ केजी, क्लिन एण्ड जर्कमा ११६ केजी गरि कुल २०८ केजी भारका साथ कास्य जिते ।


महिलामा नेपाल पुलिसकी टिकामाया गुरुङ्गले स्वर्ण हात पारिन् । टिकाले स्नाचमा ६० केजी, क्लिन एण्ड जर्कमा ८० केजी गरि कुल १४० केजी तौल भारका साथ स्वर्ण जितेकी हुन् । दोश्रो स्थानमा आर्मीकी प्रभा थारु रहिन् । उनले स्नाचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७१ केजी भारका साथ कुलमा १२९ केजीका साथ रजत प्राप्त गरिन् । लुम्बिनीकी कृष्णकला बिष्टले स्नाचमा ५६ केजी, क्लिन एण्ड जर्कमा ७२ केजी गरि कुल १२८ केजी तौलका साथ कास्य पाईन् ।

महिला ५९ केजी तौलमा आर्मीकी कमला श्रेष्ठले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ८५ केजी गरि कुल १५३ केजी तौल भार बहन गरिन् । पुलिसकी देवी कुमारी चौधरीले स्नाचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७० केजी गरि कुल १२८ केजी भारका साथ रजत र आर्मीकी अश्मिता पुलामी मगरले स्नाचमा ५३ केजी र क्लिन एण्ड जर्कमा ७० केजी गरि कुल १२३ केजी भारका साथ कास्य पाईन् ।


Author

थप समाचार
x