४ सय मिटर दौडमा रमिता र सोमलाई कीर्तिमानी स्वर्ण
पोखरा- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत ४ सय मिटर दौडमा दुई कीर्तमान कायम भएको छ । एथलेटिक्स अन्तर्गतको ४ सय मिटर दौडमा महिलातर्फ नेपाल एपीएफकी रमिता कुमारी थारु तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले नयाँ कीर्तिमान कायम गरेका हुन् ।
महिलातर्फ रमिताले निर्धारित दूरी ५८.१० सेकेन्डमा पुरा गरी स्वर्ण जितिन् । उनले ह्यान्ड टाइमिङअन्तर्गत दिल माया कार्कीको नाममा रहेको ५८.५० सेकेन्डको कीर्तिमानलाई उधिनेकी हुन् ।
त्रिभुवन आर्मी क्लबकी निर्मला थापाले १ मिनेट ०.१४ सेकेन्डमा रजत तथा एपीएफकी कल्पना श्रेष्ठले १ मिनेट ०.७० सेकेन्डमा कास्य जितिन् ।
पुरुषतर्फ भने आर्मीका सोमबहादुरले ह्यान्ड टाइमिङमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । सोमबहादुरले निर्धारित दूरी ४७.९५ सेकेन्डमा पुरा गर्दै स्वर्ण समेत जिते । यसअघि सोमबहादुरले २०१६ मा ४८.२० सेकेन्डमा उक्त दूरी पुरा गरेका थिए ।
यता एपीएफका आशिष चौधरी ४९.४० सेकेन्डमा रजत तथा आर्मीकै प्रकाश दनुवारले ४९.९० सेकेन्डमा कास्य जिते ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया