पौडीमा एनआरएनएका आशिषको कीर्तिमान
पोखरा- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएका आशिष सापकोटाले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुषको २०० मिटर ब्रेस्ट स्ट्रोकमा आशिषले कीर्तिमान कायम गरेका हुन् ।
हिट चरणमा आशिषले २०० मिटर २:२९.६० मिनेटमा पौडिएर सुभम श्रेष्ठको कीर्तिमान तोडेका हुन् । यसअघि सुभमले २:३१.२५ मिनेटमा उक्त दुरी पुरा गरेका थिए ।
महिलाको १०० मिटर बटरफ्लाइमा एनआरएनएकी आस्ले सापकोटा डंगोलले गौरिका सिंहको कीर्तिमान तोडिन् । डंगोलले १:७.७४ मिनेटको कीर्तिमान कायम गरेकी हुन् । गौरिकाले यसअघि १:९.९७ मिनेटमा पौडिएर कीर्तिमान कायम गरेकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया