पुरुष फुटबलमा उपाधिका लागि आर्मी र एपीएफ भिड्ने
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको छ। आज भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदूरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेले पनि दोस्रो हाफमा हार व्यहोरेको हो ।
एपीएफको जितमा प्रदिप लामाले २, नविन लामाले १,विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदूरपश्चिमका लागि कुवेर सिंहले १ गोल गरे । प्रतियोगिताको फाइनल खेल बिहीबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुनेछ । एपीएफले आर्मीकाे सामना गर्नेछ ।
बिहीबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदूरपश्चिम बीच पहिलो खेल हुनेछ । प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको थियो । ७ प्रदेश सहित ३ विभागीय र १ एनआरएनको सहभागिता रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया