महिला क्रिकेटको स्वर्ण पुलिसलाई
काठमाडौं–नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट तर्फको स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ। पोखरा क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा एपीएफ क्लबलाई ५ रनले हराउँदै पुलिसले डेब्यु प्रतियोगितामै एतिहासिक स्वर्ण पदक जितेको हो ।
पुलिसले पहिलो पटक राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट बनाएको थियो । पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफ २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रनमा समेटियो । एपीएफका लागि रोमा थापाले २६ तथा राजमती ऐरीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो
अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि ईश्वरी विष्टले २ तथा हिरन्माई रोय, संगिता राई र कप्तान रुबिना क्षेत्रीले समान १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो । पुलिसका काजल श्रेष्ठले २७, सम्झना खड्काले २१ र कविता जोशीले अविजित १३ रन बनाइन् । कविता कुवँरले ११ रन जोडिन् । कप्तान रुबिना क्षेत्रीले ८ रन जोड्दा अप्सरी बेगमले अविजित २ रन बनाईन् ।
एपीएफका लागि नेरी थापा, ईन्दु बर्मा र कप्तान सिता राना मगरले समान १÷१ विकेट लिए । प्रतियोगितामा एपीएफ रजत र बागमती प्रदेशले कास्य पदक जितेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया