पुरुष भलिबलमा उपाधिका लागि आर्मी र एपीएफ भिड्ने
काठमाडौं– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब फाइनल प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित कोर्टमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको हो ।
आर्मीले ३–१ को सेटमा जित निकालेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट भने २१–२५ ले गुमाएको थियो । तेस्रो सेट र चौथो सेट क्रमशः २५–२३ र २५–१९ ले जित हात पारेर आर्मीले फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।
त्यस्तै अर्को सेमिफाईनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको हो । एपीएफ ३–० को सोझो सेटमा जित निकालेको हो । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो र तेस्रो सेट २७–२५ र २५–१२ ले जितेर फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । एपीएफले स्वर्णका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग बिहीबार खेल्नेछ । कास्य पदकका लागि गण्डकीले र पुलिस भिड्ने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया